१५ बैशाख २०८१, शनिबार
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, नदीहरूमा बहाब बढ्न सक्ने

  • टाइम्स संवाददाता

  • ५ असार २०७९, आईतवार ११:२६

काठमाडौं: आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि देशका धेरै अधिकांश स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यसैबीचआज केही स–साना नदीहरूमा पानीको बहाब बढ्न सक्ने भएकाले सचेत रहन विभागले अपिल गरेको छ। प्रदेश १ को ताप्लेजुङ,संखुवासभा,पाँचथर,इलाम,झापा,मोरङ्ग,सुनसरी मधेस प्रदेशको सप्तरी, सिराहा,धनुषा बागमती प्रदेशको सिन्धुली गण्डकी प्रदेशको गोरखा,लम्जुङ,कास्की र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब बढ्न सक्ने अनुमान छ।

Nabintech