१४ बैशाख २०८१, शुक्रबार
रुकुम पश्चिममा भिरबाट लडेर एक किशोरीको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार ११:३७

रुकुम पश्चिम :  रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर  ज्यान गएकाे हाे ।

अस्मिता आइतवार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनकाे परिवारले जनाएकाे छ ।

Nabintech