१४ बैशाख २०८१, शुक्रबार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि : बुटवलमा प्रदर्शन, विराटनगरमा चक्काजाम

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ


  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार १२:०८

बुटवल : पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् ।

प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए । मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिए ।

यसैगरि इन्धनको मूल्य वृद्धि  विरोधमा विराटनगरमा चक्काजाम गरिएको छ। नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजेललगायत इन्धनमा गरेको  मूल्यवृद्धि गरेपछि विराटनगरका यातायात व्यवसायीले विरोधमा चक्का जाम गरेका हुन्।

मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका  थिए।

विरोधको नाममा बाटो अवरोध गरेर  चक्का जाम गरेको भन्दै आन्दोलनरत ६ जना चालकसहित सवारी साधन मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।  निगमले  पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ। यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।

Nabintech