७ बैशाख २०८१, शुक्रबार
सिकलसेल एनिमिया र थालेसेमिया बारे सञ्चारकर्मीहरुलाइ अभिमुखिकरण

राप्ति सोनारीको वडा नं ४ मा ३७३ जनालाइ चेक जांच गर्दा १७ प्रतिशत अर्थात ६३ जनामा सिकलसेलका बिरामी


  • प्रमोद रिजाल

  • ६ असार २०७९, सोमबार १६:१८

नेपालगञ्ज, असार ६: नेपालमा थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोगबारे सञ्चारकर्मीहरुलाइ अभिमुखिकरण कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

प्रदेश सरकार र स्वास्थ्य कार्यालय बांकेको आयोजनामा सञ्चारकर्मिहरुलाई सिकलसेल एनिमिया र थालेसेमिया रोग स्किन परामर्श सेवा तथा ब्यबस्थापनका लागि अभिमुखिकरणको आयोजना गरिएको स्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।
रोगको सचेतना स्किन निदान, उपचार तथा सहयोग कार्यक्रम अन्र्तगत सिकलसेल एनिमिया र थालेसेमिया बारे सञ्चारकर्मीहरुलाइ अभिमुखिकरण गरिएको हो ।

सिकलसेल नसर्ने रोग भएपनि बंशानुगत रुपमा सर्ने भएकाले बिबाह गर्न परिपक्क जोडिलाई सिकलसेल चेक जांच गरेर मात्र बिबाह गर्न भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सलटेन्ट एबं बिभागिय प्रमुख डा. राजन पाण्डेले अभिमुखिकरण कै क्रममा बताए ।

बांके जिल्लाका कोहलपुर नगरपालिका, राप्ति सोनारी गाउपालिका र बैजनाथ गाउपालिकाबाट अधिकासं बिरामी आउने गरेको जानकारी दिंदै डा. पाण्डेले यस रोगको निदानकालागि ब्यापक रुपमा सचेतना अभियान सञ्चालन गरि सबै जातजातीहरुलाई एक पटक रोग भए नभएको परीक्षण गरिनु पर्ने र नया जन्मेका शिशुलाई दादुरा खोप संगै यस रोगको पनि परिक्षण गरिनुपर्ने बताए ।

राप्ति सोनारीको वडा नं ४ मा ३७३ जनालाइ चेक जांच गर्दा १७ प्रतिशत अर्थात ६३ जनामा सिकलसेलका बिरामी भेटिएको जनाउदै प्रमुख कन्सल्टेन्ट डा. पाण्डेले थारु समुदायमा सिकलसेल बढि देखिएको भएपनि भेरी अस्पतालमा अन्य जातजातीका बिरामीहरुमा समेत यो रोग देखिएको जानकारी गराए ।

सिकलसेल भएका गर्भवती महिलारुको मातृ मृत्युदर २२ प्रतिशत रहेको र यस रोग लागेकाहरुलाई अन्य रोगले समेत आक्रमण गर्ने भएकाले सचेतना र समयमै परिक्षण गरि बाहकको बेलैमा पहिचान गर्न हरेक समुदायमा बेलैमा रिर्सच गरी काउन्सेलिङ तथा उपचारको ब्यबस्था हुनुपर्ने डा. पाण्डेले भने ।

उन्ले देशभर ४००० सिकलसेलका बिरामी रहेको भन्दै बांकेको भेरी अस्पतालमा मात्र ८९४ जना बिरामीहरु नियमित निशुल्क चेकजाचका लागि सम्पर्कमा रहेको बताए ।

सिकलसेल एनिमिया र थालेसेमियाबिच नङ र मासुको जस्तै सम्बन्ध रहेको छ यस रोग संग मिल्दाजुल्दा टाइफाइट, बाथरोग, बाथज्वरो, मलेरिया तथा हेपाटाइटिस भएकाले यस्ता लक्षण देखिए तुरुन्त सिकलसेल एनिमिया र थालेसेमिया परीक्षण गर्नुपर्छ भेरी अस्पतालमा परीक्षण निशुल्क छ डा. राजन पाण्डेले सञ्चारकर्मीहरुलाइ अभिमुखिकरणका दौरान जानकारी समेत दिए ।

सरकारले अति आवश्यकीय औषधिको सूचिमा सिकलसेलका बिरामीले पाउनुपर्ने औषधिलाई समावेश गरेपनि बीमाको सूचिमा भने राखेको छैन् । जसले गर्दा बीमा गरेका सिकलसेलका बिरामीले औषधि पाउन सकेका छैनन् ।

Nabintech