८ बैशाख २०८१, शनिबार
२४ घन्टामा देशभर २८ जना कोभिड १९ – का संक्रमित

  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार १६:४१

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २८ जना कोभिड १९ – का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज १० जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय २० जना सक्रिय संक्रमित रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ६० जना रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

Nabintech