१३ बैशाख २०८१, बिहीबार
कोहलपुरे बिद्यार्थाीहरु सडकमा,मुल्य बृद्धिको चर्को बिरोध (फोटो फिचर)

नारा : ''देउवा तेरो पाराले दुख पाए साराले'' 'आपुर्ति मन्त्रि राजिनामा दे' 'मुल्य बृद्धिको फिर्ता गर'


  • प्रमोद रिजाल

  • ७ असार २०७९, मंगलवार ०९:१७

कोहलपुर ,असार ७: नेपाल आयल निगमले जनजिबिका नै अस्त ब्यस्त पार्ने गरि गरेको पेट्रोलिएम पदार्थको मुल्य बृद्धिको बिरेधमा कोहलपुरका बिद्यार्थीहरुले चर्को बिरोध स्वरुप साझा चोकमा सडकजाम गरेका छन । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गरेको हो ।

बागेश्वरी बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर सवारी साधनलाई चल्न दिएका थिएनन। अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटी अध्यक्ष दिपेश पन्थीको संयोजकत्वमा संगठनले कोहलपुकोर साझा चोकमा  प्रदर्शन गरेको हो।

बिहानै देखि टायर बालेर सडकमा बिद्यार्थीहरु उत्रिएपछि सवारी आगावमन प्रभाबित भएको छ । एमाले सर्मथित अनेरास्वबियु बागेश्वरी क्याम्पस प्रारम्भिक कमिटिको आयोजनामा बिरोध कार्यक्रम गरिएको अनेरास्वबियु केन्द्रिय सदस्य सुमन घिमिरेले जनाए ।
”देउवा तेरो पाराले दुख पाए साराले” ‘आपुर्ति मन्त्रि राजिनामा दे’ ‘मुल्य बृद्धिको फिर्ता गर’ जस्ता प्ले काड र नारा सहित क्याम्पसबाट निस्केको अखिलको रयालिले साझाचोकमा चक्काजाम गर्दै मुल्य बृद्धिको बिराध गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ। यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।  बिद्यार्थीहरुले बिरोध स्वरुप चक्का जाम गरे पनि अत्याबश्यक सेवा, स्कुलका गाडि, एम्बुलेन्स,दमकल, प्रेसलाइ भने निर्बाध चल्न दिएका थिए ।

यसैबिच अनेरास्ववियु बाकेको आयोजनामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि बिरुद्ध नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस देखि ट्राफिक चोक सम्मको बिरोध प्रदर्शन गरिएको थियो ।

Nabintech