४ आश्विन २०८१, शुक्रबार
आज जुन २१, वर्षकै लामो दिन

  • टाइम्स संवाददाता

  • ७ असार २०७९, मंगलवार १०:१६

काठमाण्डाै: आज यस वर्षकै लामो दिन हो । जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिनका रुपमा लिइन्छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । भोलिदेखि बिस्तारै दिन छोटो र रात लामो हुँदै जान्छ ।

Nabintech