८ बैशाख २०८१, शनिबार
देशभरको मौसममा सामान्य बदली

  • टाइम्स संवाददाता

  • ८ असार २०७९, बुधबार १२:१८

नेपालगञ्ज: कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Nabintech