४ बैशाख २०८१, मंगलवार
चपाउँदा दाँत याद गर

गजल


  • सुजन बुढाथोकी

  • ८ असार २०७९, बुधबार १४:४०

निल्नु अगावै घाँटी अनि चपाउँदा दाँत याद गर
र बोल्दा जहिल्यै पनि आफ्नो औकात याद गर

सबथोक सकियो प्रकोपले किसानको संसार सकियो
छ छैन सरकार ? र आउँछ आउदैन राहत, याद गर

मुटुलाई पत्थर पृथ्वी जस्तो दह्रो बनाएर हिंड कस्तो !
होला हालत ? खस्यो भने बञ्चरो र बज्रपात, याद गर

तिमी मदिराको नदीमै डुबे पनि त्यो भोलि उत्रिजान्छ
जिन्दगीभर लागिरहन्छ भाव र मायाको मात, याद गर

ऊ मान्छे हो अलिकति विश्वास गर महोदय यो दुन्या हो
र यहाँ, मान्छेहरुबाट नै हुन्छ विश्वासघात, यार गर

फूलमा काँडा हैन तिमी काँडामा पनि फूल देख जस्तो कि
हेर उज्यालो बोकेर आएको हुन्छ हरेक रात, याद गर

Nabintech