४ बैशाख २०८१, मंगलवार
संघर्ष गरौ, आत्महत्या होइन

  • रबिन शर्मा

  • ८ असार २०७९, बुधबार १५:०६

थकित ज्यान त्यहि माथि तनाबहरुले हृदयमा आक्रमण गर्यो भने परदेश मा धेरै साथिको ज्युदो ज्यानलाई हाम्रा आखॉंले लासमा देख्नु पर्छ । साथि तिमिलाई थाहा छ ? “जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ।”

हामी हाम्रो समुदाय , देश र हामी बाचेको भूगोलको कुरा गरौ । तिमी यो पढिरहदा तिमी आफैपनि विज्ञ हुनुपर्छ यो विषयमा । तिमीलाई अबगत छ कसरी गरिन्छ धेरैजसो आत्महत्या ? नेपालमा आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ । पश्चिमी मुलूकहरूमा भने विष्फोटक हतियारको प्रयोगद्वारा ७० प्रतिशतभन्दा बढी आत्महत्या हुने गर्दछन् ।

कहिलेकाही त मर्ने मानिस ‘मैले मेरो जवाफ पाइसकें’ भनेर अरूका अगाडि खुशी पनि देखिन्छ । तर आत्महत्या गर्ने निर्णय गरेका मानिसहरू प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरूको दिमागमा एकपछि अर्को गर्दै आइरहेको हुन्छ ।

पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन – जस्तै झुण्डिने, हतियारको प्रयोग गर्ने । महिलाहरू भने प्राय विष सेवन गर्ने, पानीमा डुब्ने जस्ता तरिकाको प्रयोग गर्छन । तिमी सधै तनाब कुराहरुलाई आफ्नो दिमागमा भरेर नहिड्नु साथी । आत्महत्याको जड र कारक भनेको डिप्रेसन हो । डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो । डिप्रेसनद्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ ।

तिमीलाई याद छ होला हामीले कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा किताबमा पढेका थियौ व्यक्तित्व सम्बन्धी समस्याहरू दैनिक जीवनका विभिन्न गतिविधिलाई नकारात्मक किसिमले असर गर्ने बानी तथा व्यवहारहरू भएकाहरु व्यक्तित्व सम्बन्धी समस्याहरूले ग्रसित हुन सक्दछन । असामाजिक व्यक्तित्व तथा आवेशमा आउने व्यक्तित्व भएका मानिसहरूमा आत्महत्या गर्ने सम्भावना बढी पाइएको छ। जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ। लागू पदार्थ र आत्महत्या सर्सर्ति हेर्दा मूल जगमा स्थापित छन ।

थाहा छ ? हामी ऊल्टो चलिरहेको एलिभेटरमा पनि पटक पटक झुकिन्छौ । हो साधारण मान्छेको दिमाग पनि दिनमा केहि सेकेन्ड ऊल्टो चल्छ । त्यहि नेरोफेरोमा कति साथीहरुले मृत्युको बाटो रोज्नु हुन्छ । थाकेको ज्यान त्यहि माथि तनाबहरुले हृदयमा आक्रमण गर्यो भने परदेशमा धेरै साथीको ज्युदो ज्यानलाई हाम्रा आखॉंले लासमा देख्नु पर्छ ।

हाम्रो समाजमा सबैभन्दा प्रचुर मात्रामा सेवन गरिने मादक पदार्थ रक्सी हो । रक्सी सेवन गर्ने बानी परेका व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्छ । तर यस समस्याको व्यापकताको कारणले कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ । त्यस्तै हेरोइन नामक लागू पदार्थ सेवन गर्नेहरुमा आत्महत्याको दर जनसमुदायको भन्दा २० गुणा बढी पाइएको छ। लागू पदार्थको सुलभता, सुईद्वारा नशामा लिइने प्रचलन, असामाजिक व्यक्तित्व, अव्यवस्थित दिनचर्या र आवेशमा आइहाल्ने बानी भएकाहरूमा आत्महत्याको सम्भावना बढी हुन्छ । याद राख्नु साथी हामीले कामको थकान मेटाऊन पिइने पेय पदार्थ पनि हाम्रो मृत्युको कारक हो ।

आत्महत्याको जड र कारक भनेको डिप्रेसन हो । डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो ।

थाहा छ ? हामी उल्टो चलिरहेको एलिभेटरमा पनि पटक पटक झुकिन्छौ । हो साधारण मान्छेको दिमाग पनि दिनमा केहि सेकेन्ड ऊल्टो चल्छ । त्यहि नेरोफेरोमा कति साथीहरुले मृत्युको बाटो रोज्नु हुन्छ । थाकेको ज्यान त्यहि माथि तनाबहरुले हृदयमा आक्रमण गर्यो भने परदेशमा धेरै साथीको ज्यूदो ज्यानलाई हाम्रा आखॉंले लासमा देख्नु पर्छ । साथी सबैभन्दा पहिले प्रष्ट हुन जरुरी छ कि अन्य मृत्युका कारणहरू झैं हामी आत्महत्यालाई निर्मूल पार्न सक्दैनौं । जब मानिसले मर्ने निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन ढिलो भइसकेको पनि हुनसक्छ । कहिलेकाही त मर्ने मानिस ‘मैले मेरो जवाफ पाइसकें’ भनेर अरूका अगाडि खुशी पनि देखिन्छ । तर आत्महत्या गर्ने निर्णय गरेका मानिसहरू प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरूको दिमागमा एकपछि अर्को गर्दै आइरहेको हुन्छ ।

कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ । त्यस्तै हेरोइन नामक लागू पदार्थ सेवन गर्नेहरुमा आत्महत्याको दर जनसमुदायको भन्दा २० गुणा बढी पाइएको छ। लागू पदार्थको सुलभता, सुईद्वारा नशामा लिइने प्रचलन, असामाजिक व्यक्तित्व, अव्यवस्थित दिनचर्या र आवेशमा आइहाल्ने बानी भएकाहरूमा आत्महत्याको सम्भावना बढी हुन्छ ।

साथी मृत्यु आफैमा समस्याको हल र समाधान होइन । पाएको जिन्दगी मज्जाले जिउनुस । सम्झनुस तनाब , पीर, ब्यथा , बेदना रोदन मेरा पनि छन अरुका पनि छन । आफ्नो आखॉंमा संसारलाई राखेर बाच्न सिक्नुस । तनाब नभएको हृदय, पिडा नबोकेको मुटु , दुख नभोगेको ज्यान संसारमा कसैको पनि हुदैन । आजैबाट यो प्रण गर्नुस कि “म आत्महत्या गर्दिन” ।

Nabintech