१२ बैशाख २०८१, बुधबार
राप्ती स्वास्थ्य प्रतिष्ठानमा क्यान्सरको अप्रेसन, आँखा गेडी निकालियो

  • टाइम्स संवाददाता

  • ८ असार २०७९, बुधबार १६:२३

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यकृया भएको छ ।

शरीरका विभिन्न भागमा फैलदै गरेको आँखाको क्यान्सरको जोखीम मोलेर आँखा रोग विशेषज्ञको टोलिले शल्यकृया गरेका हुन् ।No description available.

यो अप्रेसन साबिक राप्ती अन्चलमै पहिलो हो ।
आखाँमा ट्युमर पलाई लामोसमयदेखी पिडित रहनु भएका तुलसिपुर १४ निवासि प्रेमबहादुर वलिलाई पुरै वेहोस बनाएर आँखाको क्यान्सरको अप्रेसन गरीएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । विरामि वलिको अर्को आँखा नहुँदा दृष्टिविहीन वन्न पुगेका छन् ।

भरतपुर क्यान्सर अस्पतालसहीत विभिन्न अस्पतालहरुमा विरामिको उपचार हुन नसकेर विरामि राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा। सुरेश रसाइलि नेतृत्वको नेत्र चिकित्सक, असिस्टेण्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा। कुन्दन घिमिरेहरुको टोलिले प्रतिष्ठानमा विरामिको आँखाको गेडि लगायत सबै क्यान्सर निकालेर अप्रेसन गरेको हो । विरामि विभिन्न अस्पतालवाट रिफर हुँदै आएको र हाइ रिस्कमा हुँदा हुँदै पनि आफुहरुले प्रतिष्ठानमा सफल अप्रेसन गरेको अप्रेसनमा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलिले बताए । विरामि रगतको मात्रा कमि, क्यान्सरको औषधि सेवन गरीरहेको, रगतमा प्रोटिनको कमि भएको अवस्थामा अस्पतालमा भर्ना भएको र पछि २ पोका रगत चढाई रगतको मात्रा वढाएर जेनरल एनेस्थेसियाको सहयोगमा नदुख्ने सुइ लगाई पुरै वेहोस बनाई जटिल प्रकृतिको अप्रेसन गरीएको उनले जानकारी दिए । आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यकृया भएपनि पुरै वेहोस वनाएर शल्यकृया हुँदैनन् ।

प्रतिष्ठानमा एनेस्थेसियासहीतका चिकित्सक र पुरै अत्याधुनिक अप्रेसन कक्ष भएकाले पनि अप्रेसन गर्न सहज भएको डा। रसाइलिले बताए । आँखाको क्यान्सर फैलिए पश्चात विरामिको दिमागमा र अन्य शरीरका भागहरुमा असर गर्ने भएकाले विरामिको जिवन वचाउनका लागि अप्रेसन गरीएको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समयमा प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरु थपिदै जानुका साथै अत्याधुनिक अप्रेसन कक्षहरु सञ्चालमा आएपछि सामान्यदेखी जटिल अप्रेसनहरु हुँदै आएका छन् ।

Nabintech