८ बैशाख २०८१, शनिबार
आज देशभर वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार ०९:१७

काठमाडौं : प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।महाशाखाले दिउँसो प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ।

मधेश, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज केही  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Nabintech