• २२ असार २०७९, बुधबार
ढुङ्गा पूजा : प्रकृतिबारे मानव चेतना र संस्कृतिको अभिव्यक्ति !


असार महिना । वर्षायाम सुरू हुने महिना हो । वर्षा हुनु राम्रो हो । वर्षाको माधयमबाट नै सिङ्गो प्रकृति सिञ्चित हुन्छ । त्यसै कारणले वर्षा ऋतुको महत्व रहेको छ । प्रकृतिका अरू कुरा सम्झे — वर्षा सबैले सम्झिन्छ । तर, वर्षाका कारण खोला नदी बढ्ने, पहिरो खस्ने, मानव निर्मित भौतिक पूर्वाधार बाटो, बाँध, पुल, जलासय, विद्युत् गृह लगायतका संरचनाहरू भत्किने हुन्छ । यातायातका साधन चल्नमा बाधा पर्ने हुन्छ । यसले ठूला ठूला अकल्पनीय क्षति पन पु¥याउँछ । वर्षाका सकारात्मक पक्ष प्राकृतिक पक्षसँगै यसप्रतिको असावधानीबाट हुने नकारात्मक परिणाम भयावह हुन्छ । प्रकृतिलाई, प्राकृतिक घटनालाई सरापेर समाधान पाइँदैन, यसलाई सही ढङ्गले बुझेर र यसको सही व्यवस्थापन गरेर मात्र यसबाट लाभ लिन सकिन्छ । मौसम बिग्रँदैन, त्यसमा आउने स्वाभाविक (प्राकृतिक) परिवर्तन हो । यति बुझ्न पनि मानिसलाई कति समय लागेको हो ? बिग्रेको नभई मानवीय क्रियाकलापका कारण असन्तुलित भएको हो । मानिसले प्रकृति सुधार्न नभई आफ्नो व्यवहार सुधार्न—सन्तुलनमा राख्न आवश्यक छ । मानिस सचेत प्राणी भएकोले प्रकृतिका हरेक पक्षलाई आफ्नो हित अनुकूल उपयोग गर्दछ । यसो गर्दा मानिसले प्रकृतिको उपभोग वा दोहन मात्र गर्नुहुँदैन, यसको प्राकृतिकतालाई बुझेर यसको उचित संरक्षण, सावधानी अपनाउन आवश्यक हुन्छ ।

प्रकृति हाम्रो प्रतिकूल नभई अनुकूल हुनका लागि मानिसको सचेतन प्रयास—प्रयत्न आवश्यक हुन्छ । प्रकृतिमा रहेको जल, वायु, माटो—ढुङ्गा, ताप—ऊर्जा, आकाश—खालि स्थान हाम्रो विनाशका लागि होइनन्, तर यसको अनुचित दोहन—दुरुपयोगका कारण उत्पन्न हुने हानि—प्रकोपका लागि मानिसका व्यवहार नै दोषी हो ।

प्रकृतिका सबै पदार्थ जस्ताको तस्तै उपयोग हुँदैनन् । आलु, पिंडालु, कटहर, तामा, भुइँकटहर होस् या धान, मकै, कोदो, गहुँ आदि जस्ताको तस्तै उपयोग गरिँदैन । तिनीहरूलाई सुधार, परिष्कार, परिमार्जन गरेर मात्र उपयोग गरिन्छ । यसो गर्नुलाई संस्कार भनिन्छ र यसो गर्नुको सकारात्मक परिणतिलाई संस्कृति भनिन्छ । तर, यिनको बिरुवा नै नजोगाई सखाप पारियो भने तिनीहरूको अर्थपूर्ण उपयोग संभव हुन्छ र ? हुँदैन । यसो गर्नु भनेको या नबुझ्mेको या भने हेल्चेक्र्याइँ हो । नबुझ्mेर यसो भएको हो भने राज्यले बुझ्mाउन प¥यो, हेल्चेक्र्याइँ हो भने दण्डित गर्नुप¥यो । यदि, राज्यले यसो गर्न सकेन भने प्रकृतिले नै दण्डित गरिदिन्छ । अहिले हामी यस्तो भएको देखिरहेका छौँ । प्रकृति र संस्कृतिको यो गज्जबको सम्बन्ध हुन्छ । यस्ता प्रकोप, महामारीहरूले सामाजिक तथा सांस्कृतिक अवस्थामा नै परिवर्तन पनि ल्याइदिने गर्दछ ।

मानिसको जन्म प्राकृतिक घटना हो । प्रकृतिमा जन्माउने शक्ति मात्र होइन, पालन—पोषण गर्ने शक्ति पनि छ । प्रकृतिमा रोगबाट बचाउने पदार्थ र सामथ्र्य दुवै छन् । संसारमा अहिले पनि जे जति आविष्कार, निर्माण भएको छ, ती सबैमा प्रकृतिकै पदार्थको उपयोग हुन्छ । प्रकृतिका पदार्थको विकार नै विकास र आविष्कार हो । यहाँ विकार भनेको दुर्गुण या बिकृत रूपलाई मात्र बुझ्ने, काम नलाग्ने अर्थमा बुझ्ने चलन पनि छ, तर यस्तो बुझ्mाइ सही होइन । विकार भनेको कुनै वस्तुमा आउने परिवर्तन हो, बदलाव हो । जस्तै: जहाँ, जुन संस्कृतिमा ‘पञ्चगव्य’लाई पवित्र मानिएको छ, त्यहीँ त्यसलाई ‘गोर्विकारः’ भनिएको छ । त्यसैले, विकारको अर्थ बिग्रेको भन्ने मात्र हुँदैन ।

बाढी र पहिरोले बस्ती सखाप पारेको हुन्छ । हल्ला हुन्छ, ‘लौ बस्तीमा बाढी पस्यो रे !’ खोला बग्ने बाटोमा मानिस पस्दा हल्ला हुँदैन, सल्लाह हुन्छ । प्राकृतिक प्रकोपका कारण मानिसहरूको चिहिल—बिहिल देख्दा हृदय विदीर्ण हुन्छ, तर संस्कृतिको सम्मान र प्रकृति संरक्षणमा देखिएको उदासीनता देख्दा धिक्कार्न मन लाग्छ ।

अहिले देखिँदै गरेको सत्य के हो भने प्रकृतिप्रति हेल्चेत्र्mयाइँ र संस्कृतिप्रति अपहेलना बढ्दै गरेको छ । मानिस अस्तित्व र पहिचानका विषय नै प्रकृति र संस्कृति हुन् । यिनलाई नै संरक्षण र अवलम्बन गरिएन भने मानव पुर्खाको अवशेष र खण्डहर हुनु बाहेक के नै हुन्छ र ?

पुर्खाले प्रकृतिलाई सोचको आधार बनाए । यसलाई धर्म, उद्यम र जीवनको संस्कार बनाए । यसका हरेक अंग—अंग, खण्ड—खण्डलाई पूजा(उच्च सम्मान)को चलन चलाए ।

अश्मा च मे मृत्तिका च मे गिरयश्च मे पर्वताश्च मे सिकताश्च मे वनस्पतयश्च मे हिरण्यं च मे यश्च मे श्यामं च मे लोहं च मे सीसं च मे त्रपु च मे यज्ञेन कल्पन्ताम् । यहाँ रहेका खनिज, ढुंगा, माटो, साना र ठूला पर्वत, बालुवा, वनस्पति, सुनचाँदी, फलाम, ताँबा, सीसा र टिन आदि सबै वस्तुहरू यज्ञीय कर्मका प्रभावले सधै धेरै भइरहून् । (यजु.१८÷१३) यज्ञीय कर्मका प्रभाव भनेको सामूहिक प्रयत्नको प्रभाव र परिणाम भनिएको हो । यस्तो पद्धति स्थापित गरेर संरक्षणको संस्कृति सिकाउने पुर्खाप्रति वर्तमान पुस्ता कृतज्ञ हुनु पर्दछ । प्रकृतिमा उपलब्ध हुने सम्पत्तिप्रति उनीहरू लोभी थिएनन्, बरु यिनीहरूको उपयोगसँगै बढिरहने कुरामा पनि ध्यान दिन्थे । यसरी संरक्षा र विकासका लागि पुर्खाको सम्वेदनशीलता स्पष्ट देख्न सकिन्छ ।

ती पुर्खा, जसलाई वर्तमान पुस्ताले अज्ञानी, अन्धविश्वासका स्रोत ठान्दछ, उनीहरू निकै व्यावहारिक र वैज्ञानिक थिए । उनीहरूले आफ्ना खोज, अध्ययन, प्रयोगका व्यावहारिक सीप पुस्तालाई हस्तान्तरण गर्ने विधि अवलम्बन गरे र जोगाए, विरासतका रूपमा सन्तानलाई दिएर गए । त्यसलाई हामी अहिले वेद भन्दछौँ । वेद भनेको विद्या हो, ज्ञान हो, बोध हो । यो सिर्जना र संकलन सिंगो मानव जातिको लागि अमूल्य निधि हो । शक्तिसंघर्षका परिणाम स्वरूप यस सम्मको पहुँचमा पनि विभेद गरियो ।

वेद प्रकृतिगायन हो । मानव चेतनाको प्रारम्भिक सोत हो । अनिश्चित पूर्वकालदेखि निश्चित कालखण्डका पुर्खाको अनुभवको सँगालो हो । सबै भूगोलका लागि यो विषय उत्तिकै सत्य होला या नहोला, पृथिवीको हाम्रो यो गोलाद्र्ध, त्यसमा पनि हाम्रो यो हिमवत्खण्डको धर्म, कला, जीविका, सामाजिक जीवनका अनेकौँ पक्ष समेटिएको सनातन संस्कृतिको आधार हो ।

वेदमा ढुङ्गापूजाको विषय छ । ढुङ्गाको प्रशंसा गर्दै, प्रशस्ति गाउँदै ढुङ्गाको पूजा हुन्छ । यही भएर वैदिक सनातनीहरू र यस संस्कृतिका अनुयायीहरूलाई अन्धविश्वाससँग जोडेर हेरिन्छ । सनातनीहरू विरोधका पात्र बनेर पनि ढुङ्गापूजक छन् । उनीहरू विभिन्न रूपमा ढुङ्गा पूजाको संस्कृतिलाई अघि बढाइरहेका छन् । फरक ढङ्गले अघि बढ्नु, बढाउनु नै संस्कृति हो । कतिपयले मूत्र्तिपूजा र ढुङ्गा पूजालाई उस्तै र उही ठान्दछन् । तर, वास्तविकता यस्तो होइन । यहाँ बुझ्नैपर्ने तथ्य केहो भने ढुङ्गापूजा र मूत्र्तिपूजा एउटै होइन । मूत्र्तिपूजा ‘देव—देवता÷देवीको भाव मूत्र्तिमा कल्पेर गरिने पूजा’ हो, ढुङ्गाको पूजा विशुद्ध ढुंगालाई नै गरिने पूजा हो । प्रकृतिमा भूमिको रक्षा गर्ने शक्तिको सम्मान हो ।

वास्तवमा मानिसले फलाम तथा अन्य धातु र काठका उपकरणहरू बनाउने सीप सिक्नुभन्दा पहिले पेल्ने, पिँध्ने(पिस्ने) काममा ढुङ्गाको उपयोग गरेका विषय ‘ढुंगे युग’ भनेर पढिन्छ, यसबारेको जानकारीको आधारभूत स्रोत वेद नै हो । ढुंगा जमिनको बलियो आधार हो । यसलाई चलाउँदा, यसलाई यताउता पार्दा यसबाट कति हानि हुन्छ भन्ने कुरा अहिले स्पष्ट देखिएको छ । बलियो र स्थिर वस्तु ढुङ्गालाई हाम्रा पुर्खाले प्रतीकका रूपमा अन्यत्र पनि पूजा र सम्मान गरेको देखिन्छ । विवाहमा गरिने शिला पूजा, शिलारोहण र संरचना निर्माणको प्रारम्भ (शिलान्यास) मा गरिने शिला पूजा त्यसैको निरन्तरता हो । तर, यसलाई जथाभावी गरेर आइलोको प्राकृतिक विपत्ति भोगिरहेको आजको मानिसले आजकै सन्दर्भमा केही शिक्षा लिन पर्छ कि ?

सनातन विवाह पद्धतिमा शिलारोहण—शिलापूजन हुन्छ । वेदको मन्त्र पढिन्छ । यहाँ कर्मकाण्डमा के कसो गरिन्छ, त्यो स्थानविशेषको विषय हो, तर त्यसको आसय स्थिरता र दृढता हो । स्थिरता र दृढताको प्रतीकको रूपमा गरिने यो शिलापूजा वा शिलारोहणले प्रकृतिप्रति मानिसको श्रद्धाभाव व्यक्त गर्दछ । जसलाई पूजिन्छ, त्यो वस्तु वा व्यक्ति जे भए पनि उच्च सम्मानित हुन्छ । यसरी हाम्रा पुर्खाले विवाहजस्तो परिवार स्थापना गर्ने अवसरमा ढुंगालाई यति बढी महत्व दिएको स्पष्ट छ । यस क्रममा यस्तो मन्त्र पढिन्छ:

‘ॐ आरोहेममश्मानं अश्मेव त्वं स्थिरा भव । अभितिष्ठ पृतन्यतोद्रबबाधस्व पृतनायतः अर्थात् हे कुमारी, यस यज्ञवेदीको उत्तरतिर राखिएको ढुंगामाथि चढ । तिमी ढुंगाजस्तै बलशाली होऊ । लड्नभिड्न आउनेहरूलाई दबाएर राख्न र ती झगडा गर्नेहरूको प्रयासलाई असफल पारिदेऊ ।’ यसलाई नजानी, नबुझी खेल र हाँसोको रूपमा अघि बढाइएको छ । यही नबुझी गरिएको हुनाले, बुझाउने प्रयत्न नभएको हुनाले हितकर, जीवनोपयोगी, शिक्षाप्रद, व्यावहारिक, विज्ञानसम्मत विषयहरू अन्धविश्वास र कर्मकाण्डमा मात्र सीमित भए ।

ढुङ्गा पूजाको बारेमा जानकारी नै नभएका र त्यसै कारणले यसलाई अन्धविश्वास ठानेर विरोध गर्नेहरूले पनि भवन, पुल, सडक आदि भौतिक संरचनाको जग राख्ने कार्यलाई शिलान्यास भन्दछन् र गर्दछन् । यस विषयमा जान्न थोरै शब्दज्ञान आवश्यक पर्दछ । शिला भनेको ढुङ्गा हो । न्यास भनेको स्थापना हो, विश्वास हो, सम्मान हो । विश्वासपूर्वक ढुङ्गा स्थापना गर्ने विषय नै शिलान्यास हो । यो नै निर्माणको आधार हो । यसरी स्थापना गर्नुअघि त्यस ढुंगालाई पूजा गरिन्छ । यस कार्यलाई शिला पूजा भनिन्छ । आखिर नजानेर शिला (ढुङ्गा) पूजा भइरहेको छ, गर्ने प्रचलन कायम रहेको छ, यसबारे अलिकति जानेर गरे कति राम्रो हुँदो हो ?

सनातन संस्कृतिमा देवीदेवताका मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन रहेको छ । कतिपय मानिसहरूले यसैलाई आधार बनाएर ‘ढुङ्गा पूजा’ भनेको पनि पनि पाइन्छ, वास्तविकता के हो भने ढुुङ्गा पूजा र मूर्ति पूजा एउटै होइन । ढुङ्गा पूजा कुनै देवीदेवताको मूर्ति पूजाभन्दा प्राचीन र फरक रहेको विषय ऋग्वेदका निम्न ऋचाहरूले सङ्केत गर्दछन्:

दशावनिभ्यो दशकक्षेभ्यो दशयोक्त्रेभ्यो दशयोजनेभ्योः । दशाभीशुभ्यो अर्चताजरेभ्यो दश धूरोदश युक्ता वहद्भ्य अर्थात् दस औँलासँग सम्बन्धित दस किसिमका कर्म प्रकट गर्ने, दस वटा घोडाजस्तै, सोममा मिसाइएको, दस कर्म निर्वाह गर्ने, सञ्चालनकर्ता, दस किसिमका शक्तिले सम्पन्न भएर पेल्ने कार्यमा खटिएका ढुङ्गाको महिमा गुणगान गरौँ । (ऋग्वेद१०/९४/७) 

ते अद्रयो दशयन्त्रास आशवस्तेषामाधानं पर्येति हर्यतम् । त ऊ सुतस्य सोम्यस्यान्धसोंकशोः पीयूष प्रथमस्य भेजिरे  अर्थात् यी ढुङ्गाले दस वटा औँलालाई बन्धनरूपी डोरीजस्तै ठानेर शीघ्रताका साथ काम गर्दछन् । यी ढुङ्गाको पेल्ने काम अत्यन्त प्रशंसनीय र गतिशील छ । चुहिँदै गरेका सोमरसको भाग सबैभन्दा पहिले यिनीहरूलाई नै प्राप्त हुन्छ । (ऋग्वेद१०/९४/८)

सुते अध्वरे अधि वाचमक्रता क्रीडयो न मातरं तुदन्तः । विषूमुञ्चा सुषुवुषो मनीषां                  विवर्तन्तामदंयश्चायमानाः अर्थात् पूजनीय ढुङ्गा यज्ञमा सोम पेल्ने काम गर्दा आमासित खेल्ने बालक आफ्ना हातले आमालाई हिर्काएर खुसीले हाँसेझैँ रमाएका देखिन्छन् । सोमरस पेल्न प्रयोग गरिएका ढुङ्गालाई विभिन्न किसिमले प्रार्थना गरौँ । अब ढुङ्गाले पेल्ने काम बन्द गरून् । (ऋग्वेद १०/९४/१४)

यी पंक्तिहरूको अध्ययनबाट हाम्रा पुर्खा प्रकृतिका यस्ता जड वस्तुप्रति समेत कति सम्वेदनशील रहेछन् भन्ने स्पष्ट हुन्छ । उनीहरू कसैको विरोध वा प्रशंसा कारण सहित गर्दथे भन्ने कुरा पनि स्पष्ट हुन्छ । यी त केही उदाहरण मात्र हुन् । ढुंगालाई बल, स्थिरता र दृढताका प्रतीकको रूपमा स्वीकार गरिएको छ । तर, हामी हाम्रो जमिनको रक्षा गरिरहेका ढुंगालाई जथाभावी खल्बल्याएर हानि बेहोरिरहेका छौँ ।

अहिलेको बाढी—पहिरोको पीडाको मुख्य कारण प्रकृतिको अनुचित दोहन हो । आज मानिसले ढुङ्गाको बल र उपयोगिता बुझेको छ । तर, प्रकृतिको अमूल्य साझ्mा सम्पत्तिको उपयोग स्वार्थकेन्द्रित भएर गरिरहेको छ र विपत्तिमा रोइरहेको छ । प्राकृतिक वस्तुहरूको सही संरक्षण र सदुपयोगका लागि संस्कृतिको अन्तर्वस्तु बुझ्न र बुझाउन अत्यन्त आवश्यक छ । प्रकृति नै संस्कृतिको स्रोत हो । संस्कृति नै प्रकृतिको रक्षक हो । प्रकृति र संस्कृतिलाई सँगसँगै बुझौँ । यी दुवैमा आउने—ल्याइने विकार सबैका लागि हानिकारक हुनेछ ।

Nabintech