१२ बैशाख २०८१, बुधबार
कास्कीको धम्पुस केन्द्र भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प

  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार ०९:५७

कास्की :  गण्डकी प्रदेशको राजधानी  पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् । धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठुलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।

Nabintech