२६ बैशाख २०८१, बुधबार
नेपालगन्जको बजेट एक अर्व ६३ करोड ६५ लाख

२३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी


  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार १५:४६

बाँके : नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कमरुद्दिन राइले बजेट प्रस्तुत गर्नुभएको हो ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगर उप प्रमुख राईले आगामी आर्थिक वर्षका कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी हुनुभएको थियो । नियम अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।
Nabintech