१२ बैशाख २०८१, बुधबार
कोहलपुरका खाजाघरहरुमा ब्राउन सुगरको कारोबार

आज मात्रै ३ ग्राम बढि लागुऔषध सहित तीन जना पक्राउ


  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार २१:४८

कोहलपुर नगरपालिका वडा नं. ११ स्थीत एनटिभी रोड नजिक रहेको डेबिट खाजा घरबाट ठुलोमात्रामा लागु औषध सहित ३ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलिले बिहिबार दिउसो करिब २ बजेको समयमा लागु औषध कारोबार भैरहेको भन्ने सुचनाका आधारमा खाजा पसल संचालक र अन्य ब्यक्तिलाई खान तलासी गर्दा ३९ पुडिया लागु औषध ब्राउन सुगर पाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका वडा नं. २ घर भई कोहलपुर मा डेबिट खाजा घर संचालन गर्दै आएका मिना मल्ल, उनका छोरा राजेश मल्ल र रमेश खनाल रहेको प्रहरीको विज्ञप्तीमा जनाइएको छ । उनीहरुको साथबाट ३ ग्राम ४० मिलिग्राम ब्राउनसुगर प्रप्त गरिएको थियो ।

इलाका प्रहरी र्काालय कोहलपुरमा ऐनबहादुर मल्ल आएपछिको यति ठुलो परिणाममा लागु औषध कारोबारीहरु पक्राउ परेका हुन । केहि दिन अघिमात्र इलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा नक्कली सुन कारोबारी संगै सुन पनि पक्राउ गरेको थियो । मल्लको आगमन पछि बिस्तारै कोहलपुर क्षेत्रमा रहेका गलत क्रियाकलाप गर्ने ब्यक्तिहरु बिस्तारै नियन्त्रणमा आउन लागेको प्रहरीका गतिबिधीले पनि देखाउदै आएको छ । मल्लले कोहलपुरलाई सुरक्षित गर्नका लागि आन्तरिक रणनतीहरु निर्माण गरि नियमीत कामहरु अगाडी बढाउदै आएको समेत जनाएका छन ।

Nabintech