१२ बैशाख २०८१, बुधबार
गृहपृष्‍ठ खेलकुद एसीसी क्रिकेट : टस जितेर नेपाल बलिङमा

  • टाइम्स संवाददाता

  • १० असार २०७९, शुक्रबार ०९:५७

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले बलिङ गरिरहेको छ। मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ।  ताजा अवस्थामा ८ ओभरको समाप्तिमा युएईले तीन विकेट गुमाएर ३५ रन बनाएको छ। नेपालका अस्मिना कर्माचार्यले २ विकेट र सिता रानामगरले एक विकेट लिएका छन्।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ। अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

Nabintech