१२ श्रावण २०८१, शनिबार
नेपालले पायो ८२ रनको विजयी लक्ष्य, अस्मिनाले लिइन् ५ विकेट

  • टाइम्स संवाददाता

  • १० असार २०७९, शुक्रबार १०:४०

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको विजयी लक्ष्य दिएको छ।  सेमिफाइनलको पहिलो खेलमा युएईले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर  ८१ रन मात्रै बनायो।

युएईका लागि ​वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्यो। युएईलाई सस्तैमा समेट्न अस्मिना कर्माचार्य चार विकेट लिँदा इन्दु बर्माले तीन  तथा  सीता रानामगरले २ विकेट लिइन्।

 

अस्मिना कर्माचार्य 

८२ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।  आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ।   आजै हुने अर्को सेमिफाइनलमा हङकङ र आयोजक मलेसिया भिड्ने छन्।  च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ।  फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

Nabintech