१२ बैशाख २०८१, बुधबार
डिएसपी मल्लको सक्रियता: ३ केजि अफिम सहित दुई जना पक्राउ

  • टाइम्स संवाददाता

  • २० असार २०७९, सोमबार १२:५६

कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्ल यतिबेला लागुऔषध रोकथाम तथा अपराध नियन्त्रणमा कडा एक्शनमा उत्रिएका छन ।

केही साता अघि लागुऔषध कारोवारी, ओसारपोसारकर्ता र विविध अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेको डिएसपी मल्लले अहिले करिब तीन किलो बराबरको अफिम बरामद गरेका छन ।बाँकेको चिसापानीबाट प्रतिबन्धित लागु औषध अफिम सहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–३ जाजरकोटका २५ वर्षीय गोपाल रोकायलाई र सोही ठाउँ बस्ने लेखराज बिस्ट साढे तीन किलो अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनको सक्रियताले पछिल्लो समय कोहलपुर क्षेत्रबाट ठूलो मात्रामा ब्राउन सुगर र ब्यक्ती हत्या गरि फरार रहेका ब्यक्तिलाइ ३ घन्टामा नै पक्राउ गर्न सफल भएका थिए ।
यसरी बरामद गरिएका लागुओैषधआज सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला पुलिस बाँके यस्ता गतिविधी रोकथाममा निरिह भएको बेला कोहलपुर डिएसपीको सक्रियता यस क्षे त्रका नागरिकमा शान्तिको आभाष भैरहेको छ ।

Nabintech