६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा खुलेआम जुवा प्रहरी मुकदर्शक

  • टाइम्स संवाददाता

  • २० असार २०७९, सोमबार २१:१७

बाँकेको कोहलपुर बसपार्कको सडकमै दिउँसै खुलेआम जुवा (हारजित हुने खेल) खेलाउने गरेको पाइएको छ । कोहलपुर बसपार्कमा रहेको प्रहरी बिटको छेउमै एक समूहले प्रहरीलाई प्रभावमा पारेर दैनिक रुपमा जुवा (लङ्गुरबुर्जा) खेलाउने गरेको पाइएको हो ।

बसपार्कमा रहेको प्रहरी बिटदेखि पश्चिमतर्फ रहेको शौचालयमा एक सातायता जुवा भइरहेको एक स्थानीयले जानकारी दिए । स्थानीय प्रहरीलाई रकम दिएर उनीहरुले जुवा खेलाइरहेका हुन् ।

जुवा (लङ्गुरबुर्जा) खेलाउनेहरुले दैनिक लाखौं रुपैयाँ ठगी गरिरहेको प्रत्यक्षदर्शी बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा सिता शाही लेख्छिन्, ‘बिचरा यौटा तरकारी किन गको दिदी, यही खेल खेलेर कृषि मेलानीर घर फर्किदा तरकारी नल्याइ घर फर्किनु भो । यस्तो खेल तुरुन्त बन्द होस् बिचरा रुनु र हाँस्नु हुनु भाँ थियो ।’
सामाजिक सञ्जालमा समेत प्रहरीको चर्को आलोचना भइरहेको छ । कोहलपुर बसपार्क क्षेत्रमा कानुन विपरितका गतिविधि भइरहदाँ प्रहरी भने प्रलोभनमा परेर मुखदर्शक बन्ने गरेको स्थानीयहरु बताउँछन् । यता कोहलपुर बसपार्क बिटका ईन्चार्ज असई छविलाल जैसीले रकम लिएर जुवा खेलाउन दिएको भन्ने कुरा साँचो नभएको बताए ।

‘हामीले जुवा खेलाउन दिएको भन्ने कुरो साँचो होइन, खेलाउन दिने कुरो पनि भएन’ उनले भने, ‘पाँच मिनेट मात्र खेलाउने रहेछन् । हामी जाँदा भागिहाल्छन् ।’ उनले पाँच मिनेट मात्र खेलाउने गरेको बताएपनि दिनभर नै जुवा (लङ्गुरबुर्जा) खेलाउने गरेका थिए । उनले नै जुवा (लङ्गुरबुर्जा) खेलाउनेबाट रकम असुल्ने गरेको बताइन्छ ।
प्रहरीकै मिलेमतोमा यसरी कोहलपुरका बसपार्क, न्यूरोड फिल्डमा र कृषि बजारमा बिहान साझको समयमा ५\ ६ जना यूवाहरुको समुहले जुवा खेलाउदै आएका छन । उनीहरु प्रहरीसंग बिनासंकोच यसरी सोझा साझा जनताहरुलाई ठग्दै आइरको कृषि चोकका एक ठेला ब्याबसायीले बताए । उनलीहरुको समुहमा केहि लागुपदार्थ सेवन गर्ने यूवाहरुको पनि संलग्नता रहेको छ । यस बारेमा प्रहरीलाई सुचना दिदा समेत वेवास्ता गर्दै आएको समेत बताए ।

Nabintech