१२ बैशाख २०८१, बुधबार
नेपाल बैंक लि बाट लिलाम भयो नामसारी भएन

बैंकले भने ३५ दिन भित्र निर्णय हुने बताएको छ तर यस ऐनमा लिलामी प्रक्रियामा गइकेपछि कति दिन भित्र लिलाम सकारेको ब्यक्तिको नाममा नाम सारि हुने हो, ऐनमा कुनै ब्यबस्था भने उल्लेख गरेको छैन ।


  • प्रमोद रिजाल

  • २१ असार २०७९, मंगलवार १५:०७

नेपालगञ्ज :  नेपाल बैंक लिमिटेड सिटि अफिस नेपालगञ्जबाट खोलिएको लिलाम धितो टेण्डर नामसारीमा केन्द्रीय कार्यालयबाटै आनाकानी गरेपछि धितो सकारेका नेपालगञ्ज १ का बल बहादुर बिष्ट यतिबेला अलमलमा परेका छन । उन्को दिनहु सिटि अफिस चहार्ने काम भएको छ ।

टेण्डर तीनवटा परेको थियो दुइवटा प्रक्रिया नपुगेको भएपनि बल बहादुर बिष्टको प्रक्रिया पुगेकाले हामीले सबै कागजात काठमाण्डौ पठाएका हौं तर के कति कारणले निर्णय हुन ढिला भयो हामी यसै भन्न सक्दैनौ नेपालगञ्ज सिटि अफिस प्रमुख रुपेश कुमार श्रीबास्तबले भने ।

रत्नलक्ष्मी ईन्टरप्राईजेज प्रालि सञ्चालनका लागि प्रकाश अधिकारीको नाममा रहेको धितो साबिक गोठिकांडा २ हाल वीरेन्द्रनगर नगरपालिका–४ ऐरीचोकमा रहेका कित्ता नं ३१२ को २६६ ६८ बर्गमिटर क्षेत्रफलको धितो लिलाम टेण्डर नामसारीमा केन्द्रीय कार्यालयबाट सुनियोजित ढिलाई भएको हो की ! भन्ने प्रश्नमा नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले कार्य ब्यस्तताले निर्णय गर्न ढिलाइ भएको हुन सक्ने भन्दै प्रक्रियामा गएको ३५ दिन सम्म पर्खिन आग्रह गरे ।

टेण्डर हालेको ३२ दिन सम्म पनि लिलाम सकारेका बिष्टको पक्षमा निर्णय आउन नसक्नु कतै राजनैतिक दबाफ त परेको हैन बिष्ट भन्छन ।जेठ ४ गते १५ दिने  जारी गरिएको सुचना बमोजिम आवश्यक प्रकृया पुरा गरी आव्हान गरिको धितो लिलाम टेण्डर बैकले गत जेठ १९ गते खोल्दा सो टेण्डर नेपालगञ्जका बलबहादुर विष्टलाई परेको थियो । उनले माथि उल्लेखित क्षेत्रफलको लिलाम धितो जमिनलाई २ करोड ७५ लाखमा सकारेका थिए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको  बैंक तथा बित्तिय संस्था ऐन २०७३ को परिच्छेद ८ को कर्जा असुलि सम्बन्धि ब्यबस्थाको उपदफा ५ मा बैंक तथा बित्तीय संस्थाले यस दफा बमोजिम लिलाम बिक्रि गरेपिछ सम्पत्ती सकार्ने ब्यक्तिको नाममा प्रचलित कानुन बमोजिम रजिष्टेशन वा दाखिला खारेज गरिदिने बारेको पत्र सम्बन्धित कार्यालयलाई लेखि पठाउनु पर्नेमा सो पत्र नपठाइ ढिला सुस्ति र आलटाले जवाफले गम्भिर शंका उत्पन्न भएको छ ।

बैंकले भने ३५ दिन भित्र निर्णय हुने बताएको छ तर यस ऐनमा लिलामी प्रक्रियामा गइकेपछि कति दिन भित्र लिलाम सकारेको ब्यक्तिको नाममा नाम सारि हुने हो  ऐनमा कुनै ब्यबस्था भने उल्लेख गरेको छैन ।

टेण्डर प्रक्रियामा गएपछि ऋणि प्रकाश अधिकारीले बांकि सावाको केहि प्रतिशत बुझाएर टेण्डर प्रभाबित पार्न खोजिएको सकार गर्ने पक्षले दाबि गरेको छ ।   प्रकाश अधिकारीले लिलाम प्रक्रियामा रहेको बेला सावाको केहि प्रतिशत बैंकमा जम्मा गरेको सिटि अफिस प्रमुख श्रीबास्तबले स्विकारेका छन ।

नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाकी सजना शिल्पकारले भने अन्तिम अबस्था सम्म ऋणिले बिभिन्न सम्झौता वा कर्जाको रकम तिरेर सो सम्पत्ती आफनो बनाउन सक्ने जिकिर गरीन । यद्यपि यो ब्यबस्था भने नेपाल राष्ट्र बैंकले जारी गरेको  बैंक तथा बित्तिय संस्था ऐन २०७३ मा  कतै उल्लेख गरिएको छैन तर अन्य प्रचलित कानुनमा भने हुन सक्ने उन्को दाबि छ ।

उन्ले जम्मा गरेपनि सो जम्मा गरेको रकम र लिलाम हुदा कबोल गरिएको रकमबाट सावा ब्याज हर्जाना काटि अन्य फादिल रकम ऋणिले पाउने ब्यबस्था नेपाल राष्ट्र बैंकले जारी गरेको  बैंक तथा बित्तिय संस्था ऐन २०७३ मा उल्लेख गरिएको छ ।

बिष्टले लिलामी प्रक्रियाका क्रममा ३० लाख धरौटी राख्दा आफनो अन्य ब्यबसायमा धक्का पुगेको भन्दै हुने या नहुने निर्णय यथाशिघ्र गर्न बैंकलाइ आग्रह गरेका छन । उन्ले लिलाम प्रक्रियाका बखत भएका र गरेका कागजपत्र पाउ भन्दै आफनो सुचनाको हक प्रयोग गरि सुचना समेत माग गरेका छन । सुचना दिनेबारे सिटि अफिस आफै अलमलमा देखिएको छ तर कुनै ब्यक्तिले मागेको सुचना प्रचलित कानुन बमोजिम ७२ घण्टा भित्र दिनुपर्ने प्राबधान रहेको छ ।

 

sealed-tender-notice-0790204_1652857542

Nabintech