१२ श्रावण २०८१, शनिबार
रामेछाप दुर्घटना : मृतक १३ पुगे, १२ जनाको सनाखत

  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १५:४९

काठमाडौं: रामेछापको सुनापति गाउँपालिकामा भएका बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  तीमध्ये १२ जनाको सनाखत भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले   जानकारी दिए।

दुर्घटनामा परी सुनापति गाउँपालिका ५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आले मगर र  ६० वर्षका खड्ग विकको घटनास्थलमै मृत्यु भएको डिएसपी थिङले बताए।

त्यसैगरी घटनास्थलमै मृत्यु हुनेमा सुनापति ४ की ६० वर्षकी सन्दिपा तामाङ, काभ्रे मण्डनदेउपुर ९ की ६० वर्षीया सुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका ४ का वर्ष नखुलेका कमल तामाङ र सुदिप गजमेर र पाँचखाल नगरपालिका ८ का ४० वर्षीय कुल बहादुर विक रहेका छन्।

अन्य चार जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जसमध्ये सुनापति गाउँपालिका ५ का ४५ वर्षका रामबहादुर श्रेष्ठ, २४ वर्षका बुद्ध तामाङ र ६० वर्षका निमा तामाङ रहेका छन्। अर्की मृतक अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको डिएसपी थिङले बताए।

अन्य घाइते २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको बस सुनापती –५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको थियो।

 

Nabintech