१३ बैशाख २०८१, बिहीबार
ब्राउन सुगरसहित एक जना पक्राउ

  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १५:५१

नेपालगन्ज: नेपालगन्जको जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ४० वर्षीय खिट्टन थारु रहेका छन ।

जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा हातमा आँपको झाेलामा लुकाएर रखी अन्दाजी १ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो । पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँके को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Nabintech