१५ बैशाख २०८१, शनिबार
ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः भट्टराई

  • अपडेट न्युज

  • २१ असार २०७९, मंगलवार १८:३४

कोहलपुर: कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा पुनः चेतकान्त भट्टराई विजयी भएका छन् । ज्ञानोदय सामुदायिक पुस्तकालयको यस अघि एक कार्यकाल पनि उनी अध्यक्षमा भइसकेका छन ।

भट्टराईले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पर्दै ३२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषालले २७६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ मत ल्याएर विजयी भएका छन् भने सचिवमा एकराज शर्माले ३४१ मत ल्याएर विजयी भएका छन् । अन्य कार्यसमितीका पदाधिकारीमा कोषाध्यक्षमा पबित्रा ढकाल सह-सचिव गितादेवि शर्मा, सदस्यहरु शर्मिला मल्ल, चुरामणी ढकाल, विनिता शर्मा, पतिराम थारु र रविन्द्र प्रसाद सुवेदी बिजयी भएका छन ।  कुल जम्मा ९३० मतदाता रहेकोमा ७०० मत खसेको थियो जसमा ११ मत बदर भएको थियो ।

पदाधिकारीसहित सदस्य पदका लागि नेपाली कांग्रेस निकट उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षका लागि  अघिल्लो कार्यकाल अध्यक्ष रहेका चेतकान्त भट्टराईसहित ठाकुरप्रसाद भुसाल र डोलराज अर्याल चुनावी मैदानमा उत्रिएका थिए।

तीनजनामध्ये भुसाल र भट्टराई नेपाली कांग्रेस निकट उम्मेदवार हुने हुन् भने अर्याल नेकपा एमालेका पूर्व नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम निकट ब्यक्ती हुन् । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेस निकट उम्मेदवार बीच नै प्रतिस्पर्धा भएको थियो । उपाध्यक्षमा उम्मेदवारी दिएका मणिप्रसाद गैरे पेसाले शिक्षक हुन् भने विजय पुडासैनी युवा हुन् ।

सचिव पदको चुनावी मैदानमा उत्रिएका र हाल सहसचिव रहेका निर्मल आचार्य र बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक एकराज शर्मा दुवै कांग्रेस निकट नै हुन् । सहसचिवमा पनि कांग्रेस निकट उम्मेदवार नै चुनावी मैदानमा रहेका थिए भने बाजि एकराज शर्माले मारेका छन ।

 

 

Nabintech