१३ बैशाख २०८१, बिहीबार
शिक्षक शिक्षण सामग्री निर्माण तथा प्रस्तुतीकरण प्रतियोगितामा अधिकारी प्रथम

  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार १०:५१

कोहलपुर: बाँके जिल्ला स्तरीय शिक्षक शिक्षण सामग्री निर्माण तथा प्रस्तुतीकरण प्रतियोगिता–२०७९ मा ज्ञानदिप मावि डलैपुरका विज्ञान शिक्षक रमेश अधिकारी प्रथम भएका छन् ।

मंगलबार सम्पन्न शिक्षक शिक्षण सामग्री निर्माण तथा प्रस्तुतीकरण प्रतियोगितामा अधिकारी प्रथम भएका हुन् । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले आयोजना गरेको प्रतियोगितामा जनता मावि कोहलपुर–३ मैटहवाका विज्ञान शिक्षक बद्री ढकाल द्वितीय र श्री त्रिभुवन मावि कोहलपुरका विज्ञान शिक्षक लक्ष्मण थापा तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० ,७ र ५ हजार नगद पुरस्कारका साथै प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा मुल्यांकनकर्ताको रूपमा बर्दियाबाट शिक्षक यादव कुमार रेग्मी, स्टेम संयोजक दिपक पोख्रेल र कोहलपुर शिक्षा शाखा प्रमुख रविलाल मिजार रहेका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख रामकरन पालको अध्यक्षतामा भएको कार्यक्रममाको सञ्चालन दिपक पोख्रेलले गरेका थिए । कार्यक्रममा संयोजन त्रिमाविकी प्रधानाध्यापक देवका थापा लगायतका अतिथीहरु सहभागिता रहेको थियो ।

Nabintech