१४ बैशाख २०८१, शुक्रबार
रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार १२:२६

काठमाडौं :युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

विहीबार बिहान अस्पतालमै पुगेर कप्तान रेणुकालाई भेट्दै खेलकुदमन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना भएकाले उपचार खर्च राखेपले नै बेहोर्नेछ ।

Nabintech