• २३ मंसिर २०७९, शुक्रबार
थप ७८ जनामा कोरोना संक्रमण हुदा नेपालमा ५०८ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त


  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार १६:१२

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।  जस मध्‍ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।

Nabintech