१३ बैशाख २०८१, बिहीबार
आज शुक्रवार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने

शनिवार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना


  • टाइम्स संवाददाता

  • २४ असार २०७९, शुक्रबार ०९:३९

काठमाडौँ । आज शुक्रवार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको । प्रदेश १ र मधेसका एक(दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ ।

शनिवार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ र बाग्मती प्रदेशका एक/दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ असार २४ गते (शुक्रवार)
​​​​​​​दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।   प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेस प्रदेशका एक÷दुई स्थानहरू साथै  बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २५ गते (शनिवार)
दिउँसो: 
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण  बदली रहनेछ र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र बाग्मती प्रदेशका एक/दुई स्थानहरूमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २६ गते (आइतबार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू/भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

Nabintech