१६ चैत्र २०८०, शुक्रबार
महिला युरो: नर्वेको विजयी सुरुवात

  • टाइम्स संवाददाता

  • २४ असार २०७९, शुक्रबार ०९:५०

काठमाडौं :नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो ।

नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक(एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे ।

जितसँगै घरेलु टोली इंग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । समाम तीन अंकको इग्ल्यान्ड दोस्रो स्थानमा छ । बिना अंकको अष्ट्रीया र आयरल्यान्ड क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

Nabintech