८ बैशाख २०८१, शनिबार
दाङमा राप्ती नदीले बगाउँदा एक जना पुरुषकाे ज्यान गयाे

  • टाइम्स संवाददाता

  • २४ असार २०७९, शुक्रबार १०:००

दाङ : दाङको देउखुरीमा‍ राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान  गएको छ । नदीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे। चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्‍याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजाे बेलुका प्रहरीलाई खबर गरेका थिए। चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

Nabintech