१५ चैत्र २०८०, बिहीबार
सबै पालिकामा रोजगार सहायक पदमा दरखास्त आह्वान

  • टाइम्स संवाददाता

  • २५ असार २०७९, शनिबार १२:३१

काठमाण्डाै : ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ । हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक/एक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको हो ।

स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।

 

Nabintech