७ बैशाख २०८१, शुक्रबार
लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

  • टाइम्स संवाददाता

  • २६ असार २०७९, आईतवार २१:३३

इलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगर बस्ने बर्ष २६ को जिवन लामिछाने रहेको प्रहरीले जनाएको छ ।

उनलाई बैजनाथ गाँउपालिका वडा नं ४ नौलापुर स्थित बाट २३ पुडिया ब्राउनसुगर सहित आईतबार दिउसो पक्राऊ गरिएको डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार, लामिछानेको ससुराली छली कुमारी पुन मगरको घर कोठामा लागुऔषध ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राऊ गरिएको हो ।

उक्त लागुऔषध तौल गर्दा १ ग्राम ९५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

लामिछनेलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी मल्लले बताए ।

Nabintech