१३ बैशाख २०८१, बिहीबार
बुधबारदेखि डिभिजन वन कार्यालय कोहलपुरले विरुवा वितरण गर्ने

डिभिजन वन कार्यालयले लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु उपलब्ध गराउने छ


  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार ०८:५४

कोहलपुर: कोहलपुर सव डिभिजन वन कार्यालयले यहि असार २९ गते देखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गर्ने भएको छ । सब डिभिजन बन कार्यालय कोहलपुरले एक विज्ञप्ती जारी गर्दै विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लैजान सक्ने गरि व्यवस्था गरेको छ । व्यक्तिगत प्रयोजनकालागि २५ वटा विरुवासम्मका लागि सहजै दिन सकिने र संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने डिभिजन बन कार्यालय कोहलपुरका रेन्जर मानबहादुर थापाले जानकारी दिएका छन ।

डिभिजन बन कार्यालय कोहलपुरले करिब एकलाखको हाराहारीमा विरुवा वितरण गर्ने लक्ष्य लिएको समेत थापाले जानकारी दिनु भयो । डिभिजन वन कार्यालयले लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु उपलब्ध गराउने छ ।

पछिल्लो समय वातावरणमा देखा परेको प्रभाबलाई नियन्त्रण गर्नका लागि वन कार्यालयले प्रत्येक वर्ष गाउँपालिका र नगरपालिकाको सहकार्यमा विरुवा उत्पादन गरि वितरण गर्दै आएको छ । जसले गर्दा स्थानीय सरकारहरुले आफ्ना योजनामा राखेका एक घर एक रुख अभियान र हरित सहर बनाउने लक्ष्यलाई पनि यस्ता गतिबिधीले टेवा पुर्याउने वन कार्यालयको उदेश्य रहेको हो ।

Nabintech