• १५ मंसिर २०७९, बिहीबार
  जुम्ली भेडाको ऊन नै घरखर्चको मुख्य आधार

ऊनको प्रयोग आधुनिकतासँग जोडन् प्रविधियुक्त उद्योग स्थापना 


  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार ०९:३२

जुम्ला : तिला गाउँपालिका ५ चुलाकोटका काले  बुढा  उमेरले ६० वर्षका भए। उनको दैनिकी भेडाको ऊनमै बित्ने गरेको छ। उनी भेडापालन गर्न लागेको  ५० वर्ष भयो।  उनी आफु १० वर्षको उमेर बाटै भेडा गोठालो लागेको बताउँछन्। उनी भन्छन्,‘ बाबा आमाले नै पहिले देखि भेडापालन गर्दै आएका थिए। उनी यस पेशाबाट सन्तुष्ट छन्। अहिले उनी भेडा चराउन जाँदैनन्। तर भेडाको ऊनबाट बन्ने राडीपाखी, लिउ ,सुइटर बनाउनका लागी  हातले ऊन कात्ने, पाउने छुन्ने गर्छन्।

उनीसँग  अहिले उनले ४० वटा भेडा छन्। ‘पहिले अहिलेका जस्ता खुट्टामा लगाउने जुत्ता, चपल पाउथेन्। हामी खाली खुट्टै  भेडा चराउन जानु पर्थ्यो। तर अहिले सहज छ भेडा पाल्ने मान्छे भेटिदैनन्।’ उनले भने,  ‘समय फरक आयो पहिलेका छोराछोरी गोठालो लाग्न जान्थे, अहिलेका छोराछारी स्कुल  जान्छन्। त्यहि भयर पहिलेको तुलनामा भेडा पालन ब्यवसाय  घटेको हो।’ उनका अनुसार उनी भेडा गोठालो लाग्दा ,ऊनबाट बनेको कोट, सुइटर , पटुवा, जस्ता लुगा लगाउने चलन थियो। त्यो बेला भेडा नपाल्ने घरमा  घर खर्च चलाउन धौ–धौ हुने भएकाले  सबैका घरमा भेडा, बाख्रा भौसी, गाई पाल्ने गर्थे।

त्यस्तै चुलाकोटकै परिमल बुढाका पनी ४० भन्दा बढी भेडा छन्। उनी भेडा पाल्न, हिउदको समयमा जारकोटको जुर्का, थली, लिने गरेको बताउँछन्। उनी भन्छन, ‘हाम्रो घरमा अहिले पनी ऊनका लिउ, फेरुवा, काम्लो, ओड्ने ओछाउने गर्दर्छौँ। उनको हातमा  अहिले पनि ऊन पाउने तगु  देखिन्छ। उनी गाउको बैठकमा होस ,या, हिड्डुल् गर्दा होस हातमा भेडाको ऊनपाउने  तागु छु्टेको छैन। उनी भन्छन,‘  उनले बुनेका ऊनको लिउ, पाँच हजारमा बिक्री गर्दछन्। ऊनको काम्लो, ८ हजार सम्म रुपैयाले बिक्री गरेको बताउछन्।

तर ऊनबाट उत्पादित सामग्री बनाउनका लागि समय लाग्छ। हाम्रो सिप परम्परागत हो। ऊन पाउनु पर्छ, कात्तनु पर्छ, छुन्नु पर्छ, अनि मात्रै बुन्न सुरु हुन्छ।  एक काम्लो बुन्नका लागी झण्डै दुइ हप्ता लाग्छ।  परिमल भन्छन,‘ ऊनबाट उत्पादन भएका बस्तूले  बजार पाएपछि घर खर्चमा केहि राहत पुग्यो। उनका अनुसार विशेषगरी उनले पालेका भेडाहरु देवीदेउताहरुलाई बली दिन र विभिन्न चार्डपर्वका लागि ग्राहकहरु  किन्न आउने गरेका छन।

त्यस्तै बजारमा भेडाको राम्रो माग भएकाले आम्दानी पनि राम्रो हुने गरेको छ। बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमा आएर लैजाने गरेको उनले बताए।

ऊनको प्रयोग आधुनिकतासँग जोडन् प्रविधियुक्त उद्योग स्थापना 

जुम्ली भेडाको ऊनबाट काम्लो जस्ता सामग्री बुनेर यस क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको  देखेपछि  आधुनिकतासँग जोड्न थाएिको  पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए। उनले भने, तिला ५को  चुलाकोटगाउँका भेडापालन  किसानले माइथाप्ला भेडा पटेक क्षेत्र मार्फत ऊनबाट  बुन्ने बस्तु उत्पादन गर्नका लागी  राडीपाखी ऊन उद्योग स्थापना गरीएको  छ।

यस उद्योगले भेडाको ऊनबाट बन्ने  सबै सामाग्री छिटोसरितो हुने छ। यस भेडा पकेट क्षेत्रले बजारको माग अनुसार मासु पनी पुर्याउने छ। भने आर्को तर्फ भेडाको ऊनले पनी  बजार पाउने छ।ऊनका एउटा कम्लो पाँच हजार देखि ८ हजार रुपियाँ सम्म बिक्री हुने गरेको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको एक पालिका एक पशु सेवा अन्तरगतको कार्यक्रम हो। महतले भने,‘जसमा लितागाउँपालिका पाँचावडामा माईथाप्ला भेडा पेकेट संञ्चालन समितिको पहलमा ९ लाख ५० हजार सहयोग पशू अस्पताल तथा ,पशुसेवा कार्यालले राडीपाखी उद्योग स्थापनाको लागी सहयोग गरेको हो। यसको लागी गाउपालिकाले तत्काल ६ लाख सहयोग गरेको छ। भने, १लाख ५० हजार नागरिकको स्वयमको श्रमदान रहेको छ।

भेडाको ऊनबाट किसानको आयस्रोत बढाउनका लागी साढे १७ लाखको लगानी भएको छ। उनले भने, आर्थिक वर्ष २०७७/७८मा २० लाख सहयोग यस कार्यालयबाट र  ६ लाख पालिकाले सहयोग गरेको थियो। तिलामा ऊनको उत्पादन बाट राडी पाखी, सुईटर ,लिउ ,पाखी जस्ता सामाग्रीको  उत्पादन बढाउनका लागी आधुनिक वासर मेसिन सहितको उद्योग स्थापना गरिएको हो। उनले भने,‘यहाको उनको उत्पादनको बजारीकरणका बिषयमा पहल गर्ने समेत बताए।यहाको उनको उत्पादकले पहिचान बनाउने अपेक्षा सहित हामीले सहयोग गरेका छौ।

Nabintech