१२ बैशाख २०८१, बुधबार
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार ०९:५५

काठमाडौँ : आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भू–भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  मङ्गलवार सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ असार २७ गते (सोमबार)
दिउँसो:
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू÷भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती तथा कर्णाली प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  सुदूरपश्चिम तथा लुम्बिनी  प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार २८ गते (मङ्गलवार)
दिउँसो: 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू/भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार २९ गते (बुधवार)
दिउँसो: 
देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा बाग्मती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

Nabintech