१६ चैत्र २०८०, शुक्रबार
प्रेस युनियन चुनाव, पदाधिकारीमा क–कसको दाबी?

  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार १३:०५

काठमाडौं :  सत्तारूढ दल नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको महाधिवेशनमा आधा दर्जन बढीले अध्यक्षको उम्मेदवारका दाबी गरेका छन्।

अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दीपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन्।

वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन्।

कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यत्रय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगीले महासचिवको उम्मेदवारको आकांक्षा देखाएका छन्।

यस्तै, महासचिवको उम्मेदवारी घोषणा गर्नेमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवाली लगायतले उम्मेदवारी दिने घोषणा गरेका छन्।

यस्तै, उपमहासचिवमा रवीन्द्र सुवेदी, भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिकले उम्मेदवारी दिने जनाएका छन्।  माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन्। सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी गरेका छन् ।

युनियनको नवौँ महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ। तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष बिताएको छ। ०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो। महाधिवेशनका लागि मनोनित बाहेकका एक हजार ६२० प्रतिनिधि छन्।

Nabintech