११ बैशाख २०८१, मंगलवार
प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितीको बैठक सम्पन्न

  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार १३:४३

नेपालगञ्ज : प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितीको बैठक आइतबार सम्पन्न भएको छ । राज्य समितीका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा आयोजित बैठकमा प्र.नं. संघ भारत केन्द्रिय समितीका उपाध्यक्ष मोहन थापा, केन्द्रिय सचिवालयका बुद्धिराम कुम्भकार लगाएतले सम्बोधन गरेका थिए । बैठकले राज्यमा रहेका तमाम प्रवासी नेपालीहरुका समस्यालाइ निराकरण गर्न केन्द्रिय समितीलाइ समेत पत्राचार गरेको बताइएको छ ।

नेपालबाट रोजिरोटिका लागि भारत आएर दैनिक ज्यालादारी, मजदुरी तथा अन्य पेशा ब्यबसायमा लागेका तमाम नेपालीहरुको हक हितका निम्ति प्रवासी संघले काम गर्दै आएको अध्यक्ष राम प्रसाद गौतमले बताएका छन ।

उन्ले भारतका बिभिन्न क्षेत्रहरुमा दुख गरेर ज्याला मजदुर गरेर नेपाल फर्कने नेपालीले उत्तर राज्य समिती तथा बोडर क्षेत्रमा पाउने सास्ती, लुटपाटका बिरुद्ध आफुहरुले शशक्त आवाज उठाउदै केन्द्रीय समिती मार्फत भारत सरकारको ध्यानाकर्षण समेत गराउदै आएको बताए ।बैठकको प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितीका सचिब रमेश आचार्यले   सञ्चालन गरेका थिए ।

Nabintech