१४ बैशाख २०८१, शुक्रबार
धमाधम पक्राउ पर्दै ब्राउन सुगरका कारोबारी, निस्तेज गर्न केही समय लाग्ने डिएसपी मल्ल

केहि दिन अघिमात्र इलाका प्रहरी कार्याय कोहलपुरले डेबिट खाजाघरबाट ठुलो मात्रामा लागु औषध बरामद गरि ब्यक्ति नियन्त्रणमा लिएको थियो


  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार ०६:५६

कोहलपुर: इलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषध ब्राउन सुगर सहित एक जना महिला पक्राउ गरेको छ । सोमबार करिब ४ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ पिपीरी सितलनगर बस्ने खगिसरा सुनारलाई पक्राउ गरेको हो । लागुऔषधको कारोबार भैरहेको भन्नने सुचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारको घरमा चेकजाँच गर्र्दा कोठाको र्याकमा लुगामा लुकाई राखेको ९ पुडिया ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले बताए ।

उनको साथबाट पाँच सय बिस मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको र सुनारलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भैरहेको मल्लले जानकारी दिए ।कोहलपुर क्षेत्रमा बृहत मात्रामा साना डिलरहरु सक्रिय रुपमा कारोबार गर्दै आएको र त्यस्ता डिलरहरुलाई  नियन्त्रणमा लिई दुव्र्यसनिमुक्त समाज निर्माणका लागि प्रहरी सक्रिय रुपमा लागेको समेत डिएसपि मल्लले बताए ।

केहि दिन अघिमात्र इलाका प्रहरी कार्याय कोहलपुरले डेबिट खाजाघरबाट ठुलो मात्रामा लागु औषध बरामद गरि ब्यक्ति नियन्त्रणमा लिएको थियो भने त्यसपछि कौशिला नगरबाट पनि लागु औषध ब्राउन सुगर सहित एक जना ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर कोहलपुरमा अझै पनि लागु औषध वितरकहरुलाई धेरै मात्रामा रहेको हुदा नियन्त्रणमा लिन केहि समय लाग्ने भएको हुदा प्रहरीले प्राथमिकताका साथ लागु औषध सम्बन्धी काम गरिरहेको मल्लले् जानकारी दिए ।

Nabintech