१४ बैशाख २०८१, शुक्रबार
बाँके जिल्ला खेलकुदको अध्यक्षमा शाह नियुक्त

  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार ०७:५५

जिल्ला खेलकुद विकास समिति, बाँकेको अध्यक्षमा सन्दिपजंग शाह नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद, लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाल तरुण दल नेपालगन्जका सभापति हुन् ।
परिषदले समितिको उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा वीरेन्द्र शाहीलाई नियुक्त गरेको छ । समितिको सदस्यमा रञ्जित सिंह सिजापति, मञ्जु शाह, मोहम्मद जावेद हल्वाई, रेवती सिंह, दिपक वली र चन्द्र राणा नियुक्त भएका छन् ।
यसअघि एमालेका मोहित शाह अध्यक्ष थिए ।

Nabintech