१२ बैशाख २०८१, बुधबार
जनता झुक्याउदै कोहलपुर खानेपानी दश दिन बित्दा पनि आएन धारामा पानी

अबैधानिक कार्य समितीले कोहलपुर ६, १० र ११ मा बिगत दश दिनदेखि पानीको लाइन दिन नसक्दा अबैधानिक कार्य समिती कति उदासिन छ यसै अनुमान लगाउन सकिन्छ


  • प्रमोद रिजाल

  • २८ असार २०७९, मंगलवार ११:१७

कोहलपुर: ३८ देखि ४० डिग्रिको प्रचण्ड गर्मि आकाशे बर्षा हुन सकेको छैन यस्तो अबस्थामा पानी बिनाको जीबन कल्पना नै गर्न सकिदैन तर यतिबेला कोहलपुर वडा नं. १०, ६ र ११ का खानेपानीका उपभोक्ताहरु पानी बिना काकाकुलमा दैनिकी गुर्जान बाध्य भएका छन ।

लगातार दश दिनदेखि खानेपानीको धारामा पानी नआउदा स्थानिय उपभोक्ताहरु प्रताडित भएका हुन । कोहलपुरका जनतालाई स्वच्छ खानेपानी खुवाउने मुख्य लक्ष्य लिएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको वर्तमान कार्यसमिती यसै पनि पुर्ण रुपमा अवैधानिक रहेको छ । अबैधानिक कार्य समितीले कोहलपुर ६, १० र ११ मा बिगत दश दिनदेखि पानीको लाइन दिन नसक्दा अबैधानिक कार्य समिती कति उदासिन छ यसै अनुमान लगाउन सकिन्छ ।

सुख्खा लागे संगै कोहलपुरका कल धाराहरु सुक्ने गरेका छन । पानीको आपुर्ती गर्ने एक मात्र संस्था कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था आफैमा उदासिन भएपछि पानी सप्लाइका लागि आग्रह गर्न गएका उपभोक्ताहरुलाई हरेक पल्ट सांझ सम्म पानी आउछ भन्दै टारिंदै आएको छ । कर्मचारीहरु आज त जसरी पनि धारामा पानी आउछ भन्दै आज १० औं दिन सम्म पनि जनता झुक्कयाइरहेका छन ।

२४ गते कोहलपुर वडा नं १० का महिलाहरुको समुह खानेपानी कार्यालय पुग्यो , आफनो समस्या राख्यो पानी सांझ देखि पक्का भनियो तर पानी आएन । दिनभर घाम घाम खानेपानीको कार्यालय पुगेका महिलाहरु सांझ फेरी कल धारामा कस्को घरमा पानी आउछ भन्दै पानी ओसार्न बिबस भए ।

हामीलाई खानेपानीका कर्मचारीले झुक्कयाए फेरी पनि कल धाराकै पानी ओर्सानु परेको छ कोहलपुर १० कि खगिसराले कोहलपुर टाइम्ससंग भनिन । सजिलै कल धाराको पानी आए त दुख हुने थिएन , पहिले जस्तो पानी पनि आउदैन आएपनि १०० पटक चलाउदा १ बाल्टि पानी भरीन्छ खाना बनाउने भाडासफा गर्ने हम्मे हम्मे भएको छ । यस्तो गर्मिमा सहज नुहाउन सकिएको छैन कोहलपुर खानेपानी यति उदासिन किन भएको होला खगिसरा भन्छिन ।

पानी जस्तो चिजमा लापरबाहि गरेको भन्दै कोहलपुर वडा नं. १० कै सिता शार्माले बच्चा बच्चिको कपडा सफा गर्न नपाएको , बस्तु भाउलाई भनेजति पानी दिन नसकेको बताइन । माज्छेले खाने पानी त पुरयाउन सकिएको छैन बस्तुभाउलाई झन कसरी पुरयाउने हो उन्को दुखेसो रहेको छ ।

परमपरागत धारा समेत पानी सुकिसकेका अबस्थामा दैनिक आधारभुत खानेपानीमा समेत लापरबाहि गरि समस्या समाधानतर्फ ध्यान नदिएको भन्दै अबैधानिक समितीलाइ स्थानियहरुले सत्तो सराप गर्न थालेका छन । २७ गते वडा नं. ६ बाट गएका उपभोक्ताहरुलाइ २ दिन भित्र समस्या समाधान गरिने कोहलपुर खानेपानीले बताएको एक स्थानिय उपभोक्ताले बताएका छन । २ दिन भित्र समस्याको समाधान नभए कार्यालयमा तालाबन्दि गर्ने चेतावनी समेत उपभोक्ताहरुले दिएका छन ।

डाइनामिक स्कुल अगाडि मुल लाइनको नालि खन्ने क्रममा पाइप काटिदा पानीको समस्या भएको भएतापनि दश दिन सम्म पानीको मुख्य समस्या कहानेर छ भनेर पत्ता लाउन नसक्दा थप जटिलता पैदा भएको कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका इन्जिनियर सुरेश कुमार दशौंदिले जनाएका छन ।

पाइप फुटने बित्तिकै बनाएको हो तर रातको समयमा हाइस्कुल स्थित सो पाइपमा केहि बस्तु अडकिएर पानी रोकिएको हुन सक्ने दशौंदिले आशंका ब्यक्त गरेका छन । हाइस्कुल स्थित सुर्खेतरोडको पक्कि पिच मुनि पाइपको लाइन भएकाले पिच खन्ने कार्यको अध्यन भइरहेको र समस्या काहानिर छ भन्ने पत्ता अझै लागिनसकेको उनले कोहलपुर टाइम्सलाइ जानकारी गराए ।

आज बिहान मंगलबार पनि समस्या कहानेर भएको हो सो अध्यनकालागि हामी फिल्डमै खटिएका छौं पिच मुनि नै समस्या छ कि दशौदिले भने ।  यस बिषयमा बिस्तृत बुझन खोज्दा कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लको मोबाइल रिसिभ हुन सकेन ।

साधारण सभा नगरि थपियो एक बर्षे कार्यकाल

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले मनोमानि तरीकाले साधारण सभा नगरि एक बर्षे कार्यकाल थपेको पाइएको छ । नेपाली काग्रेसका नेता नर बहादुर मल्ल २ कार्यकाल भन्दा लामो समय देखी सो सस्थाको अध्यक्ष रहेका छन । मल्ल नेतृत्वमा एमाले र माओवादी केन्द्रले भाग बण्डामा आफ्ना मानिसहरु कार्य समितीमा पठाएका थिए । बर्तमान कार्यसमितीका पदाधिकारीहरु फेरी दोहरीने दाउमा साधारण सभाको मिती तय नगरेको कार्यसमितीकै एक सदस्यले कोहलपुर टाइम्सलाइ बताएका छन ।

उपाध्यक्ष रहेको शोभाखर अधिकारीले भने राजिनामा दिएर बसेका छन । राजिनामा दिएका अधिकारीले सार्वजनिक संस्थानलाई निती बिधीमा चलाउनु पर्नेमा त्यसो नहुदा आफु सो संस्थामा बस्न नसकेको जानकारी दिए । संस्था अपारदर्शी मनोमानि तरिकाले चलेको उनको भनाई छ । आर्थिक अवस्था धरासायी छ , उपभोक्ताको माग अनुसार स्वच्छ र आवश्यकता अनुसारको पानि बितरण गर्न नसकेपछि अवैधानिक समितीमा बस्नुको औचित्य रहेन एमालेको प्रतिनिधी समेत रहेका अधिकारीले भने ।

कार्यसमितीको पदाधिकारीको सेवा सुबिधा
साधारण सभा गर्न नसकेर अबैधनिक समितीको पदाधिकारी र सदस्य समेतले नियमीत बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको छ । कार्यसमितीका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक बर्ष संस्थाको कोष बाटै जानेको गरेको छ ।

सो बाहेक पदाधिकारी र सदस्य सम्मले समान्य अवस्थामा मासिक २० लिटर पेट्रेल सुबिधा लिने गरेका छन । चाडवाड भत्ता बापत बार्षिक १५ हजार उनिहरुको घोषित सेवा सुबिधा हो । त्यस बाहेक दैलेख स्थाई वासिन्दा रहेका सचिव प्रेम कटुवालले दैलेख जादा र आउदा थप सुबिधा लिने गरेको कार्यसमितीका एक सदस्यले बताए । माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक रहेका कटुवाल अधिकाँस समय दैलेख रहने र सेवा सुबिधा भने खानेपानी बाट लिने गरेको ति सदस्यको भनाई छ ।

संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले कोरोना कालका कारण र केही योजना अपुरा रहेकाले साधारण सभा गर्न नसकिएको बताए । उनले आगामी पुस सम्म साधारण सभा गर्ने योजना रहेको बताए ।

 

Nabintech