यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत व्यक्तिसँग भेटवार्ता गरिसकेका छन् ।

लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो ।

भेटमा एमालेको तर्फबट स्थायी कमिटी सदस्यहरु प्रदिप ज्ञवाली,विष्णु रिमाल,डा.राजन भट्राई, विदेश विभाग सचिव डा.अन्जान शाक्य र सदस्यहरु कृष्ण केसी र उषाकिरण भण्डारी हुनुहुन्छ ।