८ बैशाख २०८१, शनिबार
बाढीका कारण दुनैका २४ परिवार विस्थापित

सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने


  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार १३:४८

डोल्पा: ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैमा पर्ने शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो ।

ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढी र पहिराले   नन्नाकुमारी   विकको  एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर  र  खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसभन्दा अगाडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो ।

Nabintech