१२ बैशाख २०८१, बुधबार
साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि खुला छनोट

  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार १४:३०

काठमाडौं: कोभिड-१९ को असरले उमेर समूहको प्रतियोगिता नियमित नहुँदा यस पटक साफ यू-२० च्याम्पियनसिप खेल्नको लागि नेपालले खुला छनोटबाट टिम बनाएको छ ।

साफ यू-२० यही जुलाई २५ देखि अगष्ट ५ सम्म भारतको भुवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० एसिया कप छनोट आगामी सेप्टेम्बरमा बहराइनमा हुँदैछ ।

यसपटक यू-२० राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिएको थियो । उनलाई बालगोपाल साहुखल र उज्जल मानन्धरले सघाइरहेका छन् । अहिले प्रशिक्षणमा ३० जना खेलाडी छन् । यहीबाट अन्तिम टिम छनोट गरिनेछ ।

यसअघि एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको टिमले सोमबारदेखि दशरथ रंगशालमा प्रशिक्षण थालेको छ । लामो समयपछि उमेर समूहको टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेकाले खेलाडीदेखि प्रशिक्षक सबै जना उत्साहित छन् ।

 

Nabintech