१२ श्रावण २०८१, शनिबार
”बाके इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२” पहिलो चरणको अडिसन सम्पन्न (भिडियो सहित)

  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार १६:१९

कोहलपुर:बाके इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ पहिलो चरणको अडिसन राउन्ड सम्पन्न भएको आयोजकले जनाएको छ । बिषेश गरेर बिद्यालयका छात्र छात्राहरुको प्रतिभालाई डिजिटलाइज गर्दै उनीहरुको प्रतिभालाई अगाडी बढाउने उदेश्यले बाके इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ आयोजना गरिएको हो ।पहिलो चरणको अडिसन राउन्डमा १५० जनाको सहभागीता रहेकोमा ५५ जना छनौट चरण पार गरेका छन ।

अबको दास्रो राउन्ड साउन १४ गते आयोजन हुने भएको छ दास्रो चरणको अडिसन राउन्डबाट ५५ जनाबाट ३० जना छनौट हुने छन  दास्रो तथा अन्तिमा राउन्डमा १५ जनालाई छनौट गरिनेछ । यसमा भोटिङ्ग ४० प्रतिशत हुनेछ भने बाकी ६० प्रतिशत प्रतियोगीले आफै सिप र कला देखाउनु पर्नेछ ।

यही १५ जनाबाट प्रथम ,द्धिदिय र तृतीय छनौट गरिनेछ पहिलो हुने प्रतियोगीलाई ५० हजार नगद पुरस्कार दास्रो हुनेलाई ३० हजार र तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार  र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Nabintech