४ बैशाख २०८१, मंगलवार
पुस्तकालयका नवनिर्वाचित पदाधिकारीले गरे पद तथा गोपनियताको सपथ ग्रहण

  • टाइम्स संवाददाता

  • २९ असार २०७९, बुधबार ०६:५१

कोहलपुर: ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद भारग्रहण तथा शपथ ग्रहण गरेका छन । नव निर्वाचित अध्यक्ष चेतकान्त भट्टराई सहित नवनिर्वाचित पदाधिकारीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

 

भट्टराईलाई निर्बाचन परिचालन समितिका संयोजक लोक बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शाहले नवनिर्वाचित उपाध्यक्ष मणिप्रसाद गैरे, सचिव एकराज शर्मा, कोषध्यक्ष पबित्रा ढकाल, सहसचिव गितादेवी शर्मा, सदस्यहरु विनिता शर्मा,चुणामणी ढकाल, शर्मिला मल्ल, रविन्द्रप्रसाद सुवेदी र पतिराम थारुलाई पद तथा गोपनीयताको ग्रहण गराएका हुन ।

 

असार २५ गते कोहलपुरमा सम्पन्न निर्बाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो । शनिबार सम्पन्न निर्वाचनमा भट्टराईले आफ्ना प्रतिद्वन्द्वी ठाकुर प्रसाद भुषाललाई पछि पर्दै ३२७ मत प्राप्त गरी विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणि प्रसाद गैरेले ४२६ मत ल्याएर विजयी भएका थिए भने सचिवमा एकराज शर्माले ३४१ मत ल्याएर विजयी भएका थिए ।

यस अघि समेत चेतकान्त भट्टराई उक्त सस्थाको अध्यक्ष नै थिए । उनको कार्यकालमा पुस्तकालयको बिकासले तिब्र गति लिएको थियो । तसर्थ नवनिर्वाचित समिती सहितको भट्टराईको टिमले अझ ससक्त रुपमा काम गर्नेमा आसाबादी रहेको सहभागीहरुले बताए ।

Nabintech