११ बैशाख २०८१, मंगलवार
कोहलपुरमा बसको ठक्करबाट थापाको मृत्यु

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार ०६:३८

बाँकेको कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बेलुका नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भे १ क १२५ नम्बरको बसले ठक्कर दिँदा भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालक अन्दाजि ६० वर्षिया राम बहादुर थापाको मृत्यु भएको हो ।

होटेल अतिथि नजिकैको चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक बैजनाथ गाउँपालिका १ चिसापानीका पदम बहादुर बुढालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।

Nabintech