१३ बैशाख २०८१, बिहीबार
नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार ०८:२४

काठमाडौं: काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए  ।

घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।

Nabintech