८ बैशाख २०८१, शनिबार
कोहलपुर सव डिभिजन वन कार्यालयले बाड्यो एक लाख बिरुवा

वन कार्यालयले लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु बितरण गरेको थियो


  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार ११:३१

कोहलपुर:   कोहलपुर सव डिभिजन वन कार्यालयले असार २९ गते देखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गरेको छ । कोहलपुर सब डिभिजन बन कार्यालयका कार्यालय प्रमुख राज बहादुर चौधरीले दिएको जानकारी अनुसार विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लगेका जनाएका छन । व्यक्तिगत प्रयोजनकालागि २५ वटा विरुवासम्मका लागि सहजै दिन सकिने र संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने डिभिजन बन कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

डिभिजन बन कार्यालय कोहलपुरले करिब एकलाखको हाराहारीमा विरुवा वितरण गरेको चौधरील जानकारीे दिए। डिभिजन वन कार्यालयले लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु बितरण गरिएको थियो ।
डिभिजन बन कार्यालय बांकेका प्रमुख अजित कुमार कर्णका अनुसार यो बर्ष बांकेमा ६ लाख बिरुवा बितरण गर्ने लक्ष्य रहेको बताए ।
नागरिकहरुको रुचि बमोजिम नै उनीहरुलाई बिरुवा बितरण गरिएको बताइएको छ ।

 

Nabintech