१५ चैत्र २०८०, बिहीबार
कोहलपुर प्रहरी पत्रकार दुव्र्यवहारमा

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार १५:५५

कोहलपुर: ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकबाट कोहलपुरका एक पत्रकार दुव्र्यवहारमा परेका छन् ।
कोहलपुरमा बुधवार साँझ भएको सडक दुर्घटनामा ज्यान गुमाएका मोटरसाइकल चालकका आफन्त तथा स्थानियहरुले गरेको बिरोध प्रदर्शनका क्रममा रेडियो कोहलपुर एफ.एम. र आरोग्य मिडिया प्रा.ली.मार्फत सञ्चालित इआवाज अनलाइन न्युज पोर्टलमा कार्यरत पत्रकार÷सञ्चारकर्मी बिजय परियारलाई कोहलपुर प्रहरी प्रमुख ऐन बहादुर मल्लले रिपोटिङ्गको क्रममा धरपकड गर्दै सञ्चार उपकरण समेत नियन्त्रणमा लिएका छन् ।

सडक दुर्घटनाका पीडितहरुले उचित क्षतीपूर्ती सहित मोटरसाइकललाई ठक्कर दिने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कर्मचारी सवारी गर्ने बसका चालकलाई कारवाहीको माग राखेर गरेको प्रदर्शनको समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर परिसर अगाडीबाट रिपोटिंगकै क्रममा धरपकड गरेर मोवाइल समेत प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति रेडियो कोहलपुर एफ.एम. र क्रियाशील पत्रकार समूहले बिज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् ।

रेडियो कोहलपुर एफ.एम.का स्टेशन म्यानेजर कपिल न्यौपाने र क्रियाशील पत्रकार समूहका सचिव रबि रोकायाले जारी गरेको छुट्टा–छुट्टै बिज्ञप्तिमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रलाई कोहलपुर प्रहरीबाट भएको हस्तक्षेपले प्रेस स्वतन्त्रताको विरुद्धमा गरिएको गैर न्यायिक कदमले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लको सञ्चार क्षेत्रप्रतिको संवेदनशीलता प्रष्ट देखिएकाले तत्काल प्रहरी नियन्त्रणमा रहेका बिजय परियार सहित सञ्चार उपकरण फिर्ता गरी सार्वजनिक रुपमा क्षमा याचना गर्न कोहलपुर प्रहरीसँग हामी जोडदार माग गरिएको छ ।

अन्यथा यस्तै प्रेस स्वतन्त्रता विरोधी कदम दोहोरिए र यो घटनालाई लिएर प्रहरी संवेदनशील नबनेको खण्डमा चरणबद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर कोहलपुरका पत्रकार/सञ्चारकर्मीहरु आन्दोलन गर्न बाध्य हुने जारी बिज्ञप्तिमा बताइएको छ । यस बिषयमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लसँग कुरा गर्दा बिजय परियारको सञ्चारकर्मी वा पत्रकारको पहिचान देखिने कुनै पनि प्रमाण नभएकाले मोवाइलबाट दृश्य कैद गरिरहेको अवस्थामा केही बेर नियन्त्रणमा लिएको बताए ।

Nabintech