८ बैशाख २०८१, शनिबार
डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर गर्यो नि:शुल्क बिरुवा वितरण

  • टाइम्स संवाददाता

  • ३१ असार २०७९, शुक्रबार १०:१४

दाङ : डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर नि:शुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो।

बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो ।

दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा नि:शुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभएको छ । अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।

Nabintech